बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

May 06, 2026 07:40 PM Merolagani



बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो।

प्रदेश सरकारको 'सरकारी कामकाजको भाषा सम्बन्धी दिवस' को अवसरमा यो बिदा दिइएको हो। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो। 

मन्त्रालयका अनुसार, बागमती प्रदेश राजपत्रको खण्ड ९, संख्या ९, भाग ३ मा २०८० साल चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गतेलाई भाषा दिवसको रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय पहिले नै भइसकेको थियो। सोही निर्णय अनुसार भोलि प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।

मन्त्रालयका नवौँ तहका अधिकृत पदम ओझाद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेशका १३ वटै जिल्लामा यो बिदा प्रभावकारी हुने उल्लेख छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।