पछिल्लो २४ घण्टामा इरानसँग ‘निकै राम्रो’ वार्ता भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

May 07, 2026 10:38 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गरे।

उनले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच सहमति हुने बलियो सम्भावना छ ।’

 

 

यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गरे । उनले चेतावनी दिँदै भने की यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्नेछ । इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गरेका छन् ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।