सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिटका अध्यक्ष घिमिरे पक्राउ

May 09, 2026 09:31 PM Merolagani



सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।

बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी आरोपमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन उनलाई पक्राउ गरिएको जानकारी दिए । उक्त सहकारीले करिब १५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ । रासस




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।