सामसङले आफ्नो तस्विर गलत तरिकाले प्रयोग गरेको आरोपसहित गायिका लिपाद्धारा १५ करोड डलर क्षतिपूर्ति माग

May 12, 2026 03:00 PM mero lagani



अमेरिकी पप स्टार डुआ लिपाले सामसङले आफ्नो तस्बिर प्याकेजिङमा प्रयोग गरेको आरोप लगाउँदै १५ करोड अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन्।

अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार दायर गरिएको मुद्दामा लिपाले सामसङले आफ्नो सहमति बिना तस्बिर प्रमुखताका साथ प्रयोग गरेको आरोप लगाएकी छिन् । आफू विरुद्ध मुद्दा दायर भएपछि सामसङले उक्त तस्बिर तेस्रो पक्षले उपलब्ध गराएको र सामग्री साझेदारबाट अनुमति प्राप्त भएको स्पष्ट आश्वासन पाएपछि मात्र प्रयोग गरिएको बताएको छ।

क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्टका लागि अमेरिकी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा प्रतिलिपि अधिकार उल्लङ्घन, ट्रेडमार्क उल्लङ्घन र लिपाको समानता र छविको दुरुपयोगको आरोप समावेश छ । यो तस्बिर २०२४ अस्टिन सिटी लिमिट्स फेस्टिभलको प्रदर्शनको क्रममा लिइएको थियो र फोटोको प्रतिलिपि अधिकार स्वंय लिपासँग सुरक्षित रहेको बताइएको छ।

अभियोजन पत्रमा दावी गरिए अनुसार लिपाले पहिलो पटक जुन २०२५ मा सामसङ बक्समा आफ्नो उपस्थितिको बारेमा थाहा पाएकी थिइन् । उनको तस्विर अंकित विज्ञापनमा त्यो टिभी प्राप्त गर्नेछन् किनकि दुआ यसमा छ, र अर्को विज्ञापनमा यदि तपाईंलाई केहि बेच्न चाहिन्छ भने यसमा दुआ लिपाको तस्वीर राख्नुहोस्,  भन्ने आसय उल्लेख गरिएको छ ।

 

३० वर्षीया गायिका लिपा प्यूमा, भर्साचे, र यवेस सेन्ट लरेन्ट सहित ब्रान्डहरूकी ब्राण्ड एम्बेसडर हुन् । साथै उनी उनले एप्पल, पोर्श र च्यानल जस्ता ब्रान्डहरूसँग पनि सहकार्य गरेकी छिन्, र हालसालै नेस्प्रेस्सोको लागि विश्वव्यापी राजदूत बनेकी छिन्। उनको सबैभन्दा भर्खरको एल्बम, रेडिकल अप्टिमिज्म, २०२४ मा रिलिज भएको थियो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।