सागर डिस्टिलरीको आम्दानीमा सुधार, बजार विस्तार र पूर्वाधार विकासमा केन्द्रित

May 13, 2026 08:37 AM Merolagani



सागर डिस्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको व्यापारमा वृद्धि देखिएको छ।

१. वित्तीय अवस्था

कम्पनीको कुल सञ्चालन आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २२ प्रतिशत बढेर १९ करोड ४० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा भने ४ करोड ९ लाख रुपैयाँबाट बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खर्चहरूमा भएको उल्लेख्य वृद्धिका कारण कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ५३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ७७ लाख ३० हजार रुपैयाँ घाटामा थियो।

मुख्य वित्तीय सूचकहरूः

२. खर्च व्यवस्थापनमा चुनौती

कम्पनीको नाफा घट्नुमा कर्मचारी खर्च र बिक्री तथा वितरण खर्चमा भएको भारी वृद्धि मुख्य कारण देखिएको छः

कर्मचारी खर्चः गत आर्थिक वर्षको चैत मसान्तसम्म २ करोद २६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ।

बिक्री तथा वितरण खर्चः बजार विस्तारका कारण यो खर्च ३ करोड ५८ लाख रुपैयाँ पुगेको देखिन्छ।

३. बजार विस्तार र भावी योजना

व्यवस्थापनका अनुसार कम्पनीले आफ्नो उत्पादनलाई तराई र पहाडी जिल्लाका नयाँ बजारहरूमा पुर्‍याउन आक्रामक रूपमा काम गरिरहेको छ। कम्पनीको मुख्य ब्रान्ड ‘द गभर्नर ह्विस्की’ को बजार स्वीकार्यता बढ्दै गएको दाबी गरिएको छ।

४. चुनौतीहरू

तरलता समस्याः बजारमा उधारो असुलीमा ढिलाइ र नगद प्रवाहमा देखिएको संकुचन कम्पनीका लागि मुख्य चुनौती बनेको छ।

नियामक प्रभावः निर्वाचनका कारण सार्वजनिक कार्यक्रमहरूमा भएको कडाइले गर्दा मदिराजन्य उत्पादनको बिक्रीमा केही असर परेको विवरणमा उल्लेख छ।

बढ्दो उधारोः कम्पनीको उठाउन बाँकी रकम ४७ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको चैत मसान्तको तुलनामा ७३ प्रतिशतले बढी हो।

वित्तीय विवरणमा उल्लेखित तथ्याङ्क अनुसार, सागर डिस्टिलरी हाल बजार विस्तार र पूर्वाधार विकासमा केन्द्रित छ। यद्यपि, बढ्दो सञ्चालन खर्च र उधारो व्यापारलाई समयमै व्यवस्थापन गर्न नसकेमा कम्पनीको वित्तीय स्वास्थ्यमा थप दबाब पर्न सक्ने देखिन्छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।