सचिवालय बैठकमा अध्यक्ष ओलीले आज जवाफ दिने

May 24, 2026 08:35 AM Merolagani



नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ।

बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ। आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन्। शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको थियो। गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो।

शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।