बैंकका अनुसार साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । सभामा वित्तीय वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरणसँगै १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
बैंकले साधारण सभाको जानकारी तथा उपस्थिति गराउन सम्पूर्ण शेयरधनी महानुभावहरूलाई हार्दिक अनुरोध गर्दै आर्थिक वर्ष २०८१/८२ को आर्थिक विवरण समेत उपलब्ध गराएको छ ।