एसपीमा बढुवाका लागि १३ जना डीएसपी सिफारिस

May 28, 2026 09:42 AM Merolagani



नेपाल प्रहरीको जनपद तथा प्राविधिक समूहअन्तर्गत कार्यरत १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार नामावली प्रकाशन गरिएको जनाइएको छ।

जनपद समूहतर्फ कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङको बजेट शाखामा कार्यरत डीएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

यस्तै, स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ ९ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन्।

त्यसैगरी, इन्जिनियरिङ उपसमूह (कम्प्युटर) तर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिसमा ई. रामकुमार बस्नेत, सुनिल कुमार वरनवाल र राजन महर्जन परेका छन्।

प्रकाशित सिफारिस सूचीउपर नियमानुसार उजुरी दिन सकिने व्यवस्था समेत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।