शेयर बजार केबल चार्ट, क्यान्डल र प्रोफिट–लसको खेल होइन !

May 28, 2026 04:00 PM Merolagani



राजन सुबेदी
शेयर बजार वास्तवमा एउटा मनाेवैज्ञानिक रणभूमी (साइकोलोजिकल ब्याटलफिल्ड) हो । जहाँ मानिसले मार्केटभन्दा पहिले आफ्नो दिमाग (माइन्ड) सँग युद्ध गर्नुपर्छ। एउटा साधारण मान्छे ठूलो सपना बोकेर बजारमा प्रवेश गर्छ।

 

उसो त उसले सोचिरहेको हुन्छ, “म पैसा कमाउन आएको हुँ।” तर बजारले उसलाई पैसा भन्दा पहिले भावना (इमोसन्स) देखाउँछ। पहिले बजारले धैर्यता (पेसेन्स) को परीक्षा लिन्छ,त्यसपछि डर (फियर) देखाउँछ, त्यसपछि ग्रीड (लालच) र अन्त्यमा अनुशासन (डिसिप्लिन) हो। धेरै मानिसहरू बजारमा हार्छन्। स्ट्राटेजी कमजोर भएर होइन, आफ्नो भावनामाथि नियन्त्रण गर्न नसकेर नै हो। जब मार्केट रातो हुन्छ, सब–कन्सस माइन्ड भन्छ-“सबै बेच अझै तल जान्छ।” जब मार्केट हरियो हुन्छ, त्यही माइन्ड फेरि भन्छ “अब त रकेट हुन्छ सबै पैसा हाल।”

 

यही ठाउँमा सफल लगानीकर्ता र भीडबीचको फरक देखिन्छ। सफल मानिसहरू चार्ट हेर्नुभन्दा पहिले आफ्नो दिमाग पढ्न सिक्छन्। किनकि मार्केटको असली खेल प्राविधक (टेक्निकल) भन्दा मनाेवैज्ञानिक (साइकोलोजिकल) धेरै हुन्छ।

वारेन बफेट ले भनेका थिएः “The stock market is a device for transferring money from the impatient to patient.” यो केवल एउटा कोट होइन, पूरा लगानी दर्शन (इन्भेस्टिङ फिलोसोफी) हो। बफेटले सम्पत्ति एकै रातमा बनाएका होइनन। सयौं क्र्यास, रिसेसन र अनिश्चितता (अनसर्टेनिटी) पार गरेर उनले धैर्यलाई आफ्नो सबैभन्दा ठूलो बल (स्ट्रेन्थ) बनाए।

त्यस्तै बिल गेट्सलाई हेर्नुहोस्। माइक्रोसफ्ट सुरु गर्दा धेरै मानिसहरूले उनको भिजन माथि विश्वास गरेका थिएनन्। तर उनले क्षणिक आलोचना (सर्ट–टर्म क्रिटिसिजम) भन्दा दीर्घकालीन भविष्य (लङटर्म फ्युचर) मा केन्द्रित भए। आज प्रविधिको इतिहासमा उनको नाम एउटा संस्था जस्तै बनेको छ।

एलन मस्कको यात्रा झन् फरक छ। टेस्ला कोल्याप्स हुने अवस्थामा पुगेको समय पनि थियो। स्पेस एक्सका रकेटहरू पटक–पटक पड्किरहेका थिए। तर उनले हार मान्नुभन्दा पहिले आफ्नो भिजन माथि विश्वास गरे। आज विश्वले उनलाई जाेखिम माेल्ने व्यक्ति (रिस्कटेकर) होइन, गेम चेन्जर भनेर चिनिरहेको छ।

मुकेश अम्बानी र अनिल अम्बानीको कथाले पनि मानसिक (माइन्डसेट) शक्ति देखाउँछ। एकै परिवार, एउटै अवसर तर फरक सोच, फरक अनुशासन र फरक निर्णयले एउटा विशाल साम्राज्य निर्माण गर्यो भने अर्कोले ठूलाे पतन (म्यासिभ डाउनफल) देख्यो।

यसले एउटा कुरा स्पष्ट देखाउँछ। सफलता केबल पैसा, डिग्री वा भाग्यबाट आउँदैन। सफलता आउँछ; भावनात्मक नियन्त्रण (इमोसनल कन्ट्रोल), धैर्यता र दीर्घकालीन विचार (लङ टर्म माइन्डसेट) बाट। स्टक मार्केटले अन्त्यमा हामीलाई जीवनकै सबैभन्दा ठूलो पाठ सिकाउँछ। जब सबै डराइरहेका हुन्छन्, तब संयमित रहन सक्नु नै शक्ति हो। जब सबै लालचमा दौडिरहेका हुन्छन्, तब अनुशासन कायम गर्न सक्नु नै परिपक्वता (मच्युरिटी) हो।

आजको दुःख नै भोलिको अनुभव हो। आजको घाटा नै भोलिको विद्वता हो। र आजको अनुशासन नै भविष्यकाे स्वतन्त्रता हो। वास्तविक सम्पत्ति बाहिरको मार्केट जितेर होइन...आफ्नो भित्रको डर, लोभ र अधैर्यता जितेर बनिन्छ। स्टक मार्केटले मलाई एउटा कुरा सिकायो, “जिन्दगीमा सबैभन्दा ठूलो इन्भेस्टमेन्ट भनेको आफ्नो माइन्डसेटमा गरिने इन्भेस्टमेन्ट हो।”

लेखक प्राविधिक विश्लेषक हुन ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।