चैतसम्म देशभर ४३८ किलोमिटर सडक कालोपत्रे, सडक र पुलका क्षेत्रमा यस्तो छ प्रगति

May 28, 2026 01:02 PM Merolagani



चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म अर्थात ९ महिनाको अवधिमा देशभरको रणनीतिक सडक सञ्जालमध्ये उक्त अवधिमा ४३८ किलोमिटर कालोपत्रे भएको छ ।

पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण अनुसार, पूर्वाधार विकास विभागमार्फत सञ्चालन भइरहेका रणनीतिक तथा राष्ट्रिय गौरवका सडकहरु कालोपत्रे भएका हुन् ।

उक्त अवधिमा दुई लेनको ३६४ किलोमिटर र चार लेनको ७४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो । त्यस्तै, उक्त अवधिमा १०३ किलोमिटर ग्राभेल सडक र ८८ किलोमिटर माटे सडक निर्माण भएको हो ।

उक्त ९ महिनाको अवधिमा देशभर ४६ वटा पुल निर्माण सम्पन्न भएका छन् । त्यस्तै, ६३ किलोमिटर रणनीतिक सडकहरुको आवधिक मर्मतसम्भार कार्यसमेत सम्पन्न भएको हो । सरकारले चालू आवमा एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो ।

तर, विभिन्न कारणले उक्त लक्ष्य पूरा हुन भने सकेन् । पूर्वाधार विकास विभागमातहतमा अहिले देशभर रणनीतिक र राष्ट्रिय राजमार्ग गरेर कुल २० हजार किलोमिटर सडक पर्दछ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।