एकैदिन तोलामै १० हजार १०० रुपैयाँले घट्यो सुन

Jun 10, 2026 11:29 AM Merolagani



बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला १० हजार १०० रुपैयाँले र चाँदी तोलामा १८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।