आजदेखि मेरोलगानीको एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्न पाइने

Jun 05, 2026 01:05 PM Merolagani



अब मेरोलगानीको एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्न पाइने भएको छ। आज (जेठ २२ गते) देखि २४ गतेसम्म लगइन गर्ने नयाँ प्रयाेगकर्ताहरुले तीन दिनका लागी यी दुई प्रडक्टहरु निः शुल्क प्रयोग गर्न पाउने भएका हुन्।

 

यस सुविधा प्रयोग गर्नका लागि नयाँ प्रयाेगकर्ताले मेरोलगानी डटकममा लगइन गरी सर्भिसेजमा क्लिक गर्नुपर्नेछ। त्यसपछि मेरोलगानी एआई चार्ट प्रयोग गर्न मेरोलगानी एआई चार्टमा भएको ‘बाई नाउ’ बटनमा क्लिक गर्ने र डाटा एनाआईटिक्स प्रयोग गर्न सोही अन्तर्गतको ‘बाई नाउ’ बटनमा क्लिक गर्नु पर्नेछ। सोपश्चात स्क्रिनमा देखिने ‘फ्रि जोइन’ बटनमा क्लिक गरी ती प्रडक्टहरु निःशुल्क प्रयोग गर्न सकिनेछ। जेठ २२ गते, शुक्रबार बिहान १० बजेदेखि जेठ २४ गते, आइतबार साँझ ५ बजेसम्ममा लगइन गर्ने प्रयोगकर्ताले ती प्रडक्टहरु लगइन गरेको ७२ घण्टासम्मका लागि निःशुल्क प्रयोग गर्न सक्नेछन्।

सो अवधिभित्र प्रयोगकर्ताले मेरोलगानीका प्रडक्टहरु प्रयोग गरी शेयर बजार बारेमा जानकारी र विश्लेषण गर्न सक्नेछन्। मेरोलगानी एआई चार्टमा प्रयोगकर्ताहरुले कुनै स्टक वा सेक्टरहरुको एआईले गरेको मैनबत्ती विश्लेषण, सपोर्ट/रेसिस्टेन्स, भोल्यूम, एमएसिडी, स्टकास्टिक आरएसआई, हालको रणनीति, बाई सिग्नल जस्ता विश्लेषणहरु हेर्न सक्नेछन्।

त्यस्तै, डाटा एनालाइटिक्समार्फत प्रयोगकर्ताले नेप्सेको उतारचढावमा कम्पनीहरुको योगदान, हिट म्याप, सिजनालिटी चार्ट, सूचीकृत कम्पनीहरुको वित्तीय विश्लेषण, प्राविधिक विश्लेषण, फ्लोरसिट विश्लेषण, म्युचुअल फण्ड ट्रयाकर लगायतका सुविधाहरु प्रयोग गर्न सक्नेछन्।

लगइन गरेको ४८ घण्टापछि प्रयोगकर्तालाई एक नोटिफिकेसनमार्फत २४ घण्टा समयावधि बाँकी भएको सूचना प्राप्त हुनेछ।





हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।