Thu, Jun 11, 2026
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत भएको छ । बिहीवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेका हुन्।
त्यस्तै मन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गरेका छन्। उनले बिहीवारकै प्रतिनिधि सभा बैठकमा नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।