क्यानडाको टोरन्टो रङ्गशालामा ४३ हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा क्यानडाले पुनरागमन गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो अङ्क जोड्न सफल भएको हो।
खेलको २१ औँ मिनेटमा बोस्निया–हर्जगोभिनाका जे. लुकिचले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको क्यानडाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका सब्सटिच्युट खेलाडी काइल लारिनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क तालिकामा खाता खोल्न सफल भएको छ।