सातामा १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jun 13, 2026 05:14 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २७५५.४१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१४ प्रतिशत अर्थात ३१.३८ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.३८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १८.९० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.१० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ। गत साता ३५३७.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२१.१८ अंक घटेर ३४१६.४८ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २०८.६२ अंक घटेको छ। गत साता १२ हजार ६५२.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२ हजार ४४३.४१ विन्दुमा झरेको छ।

कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.०८ अंक घटेको छ।

यस साता एपोलो हाइड्रोपावरको ४७ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४०.७१ प्रतिशत बढेको छ। गत साता ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १३ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ भने घोराही सिमेन्ट इण्डष्ट्रिको शेयरमूल्य ७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सोपान फर्मास्यूटिकल्स, युनाइटेड अजोड इन्स्योरेन्स, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फण्ड, माया खोला हाइड्रोपावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।