Fri, Jun 19, 2026
नेपाल सरकारले नेपाल–भारत सरकारबीच (जीटुजी) प्रक्रियामार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जीटुजीमार्फत ६० हजार युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गरि कृषि सामग्री कम्पनीलाई उपलव्ध गराउने निर्णय भएको बताए ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।