उनलाई थुनामुक्त गर्न मागसहित दायर गरिएको बन्दी प्रत्याक्षीकरणको रिटमा अदालतले उक्त आदेश दिएको हो ।
अदातका न्यायाधीश श्रीकान्त पौडेलको इजलाशले कारण देखाऊ आदेश जारी गरेको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत सोमबार सुर्खेतबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको थियो ।
उनलाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको भन्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख छ ।