एमबीएल इक्विटी फण्डको लाभांश घोषणा

Aug 06, 2026 05:00 PM Merolagani



माछापुच्छ«े क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्ड9MBLEF)ले प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको आज बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात नौ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । आगामी भदौ २ गते दर्ता किताव बन्द हुनेछ । भदौ एक गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।