सुनको मूल्य बढ्याे, चाँदीकाे भने घट्याे

Jun 26, 2026 11:39 AM Merolagani



आज शुक्रबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ।

आज सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ४ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।