मन्त्रिपरिषद्ले गरेका यी हुन नौवटा महत्वपूर्ण निर्णयहरु

Jul 02, 2026 05:06 PM Merolagani



सरकारले बिहीबार विभिन्न मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्मा पेश भएका सातवटा विषयमा निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गरेका नौवटा निर्णयहरु यस प्रकार छनः

१. नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने ।

२. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने

३.कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत

४. शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने,

५. गोरखापत्र संस्थानको महाप्रवन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने,

६. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना(मोरङ) लाई नियुक्त गर्ने

७. अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने

८. राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्ने
९. राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।