शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

Jul 22, 2026 04:29 PM Merolagani



सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र शिक्षामा लगाइएको समता शुल्क आर्थिक ऐनमा समेत छुट दिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।