डाउनट्रेण्डदेखि रिकभरीसम्म स्वाभिमान लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

Jul 05, 2026 05:50 PM Merolagani



यस साता लघुवित्त उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। गत साता ४६६६.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.४३ अंक बढेर ४६७३.६२ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS)।

लघुवित्तको शेयरमूल्य यस साता १०७ रुपैयाँ १० पैसा बढेको छ। गत साता १ हजार ५४४ रुपैयाँ रहेको यस लघुवित्तको अन्तिम शेयरमूल्य, यस साता १ हजार ६५१ रुपैयाँ १० पैसा रहेको छ।

 

डाउनट्रेण्डदेखि रिकभरीसम्म

गत अप्रिल–मे महिनादेखि लगातार डाउनट्रेण्डमा रहेको यस लघुवित्तको शेयरमूल्य, जुन महिनाको अन्त्यतिर १ हजार ५०० रुपैयाँभन्दा तल झरेको थियो। पछिल्लो केही दिनमा मूल्य निकै आक्रमक रुपमा बढेर हालको क्षेत्रमा पुगेको छ। यसले अघिल्लो हप्ताको गिरावटलाई उल्ट्याएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। जसले हाल लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

टेवा तथा प्रतिरोध

हाल लघुवित्तको मूल्यले १० दिने, २५ दिने र ५० दिने मुभिङ्ग एभरेजलाई एकैपटक काटेर उक्लिएको छ। अहिले मूल्य १०० दिने मुभिङ्ग एभरेजको रेखामा रहेको छ। यदि आगामी दिनमा लघुवित्तको मूल्य सो मुभिङ्ग एभरेजभन्दा माथि बन्द भएमा लघुवित्तको मूल्य बढ्न सक्छ। आगामी दिनमा लघुवित्तको शेयरमूल्य बढेमा १ हजार ७३५ देखि १ हजार ८०५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, यदि शेयरमूल्य घटेमा १ हजार ३३० देखि १ हजार ४०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

ठूला खरिदकर्ताहरु आकर्षित

साताको अन्त्यतिर लघुवित्तको भोल्यूम उच्च बढेको छ। मूल्य बढेसँगै भोल्यूम बढ्नुले यो रिकभरीमा सानाभन्दा पनि ठूला खरिदकर्ताहरु आकर्षित भएको संकेत गर्दछ।

बलियो खरिद मोमेन्टम

यस साता लघुवित्तको एमएसिडी सूचक शून्यभन्दा तल भएपनि यसको हरियो रेखाले रातो सिग्नललाई तलबाट कोटर तीव्र गतिमा माथि जाँदैछ। हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा गाढा हरियो बन्न थालेको छ। यसले लघुवित्तको शेयरमा खरिदको मोमेन्टम बलियो भएको सकेत गर्दछ।

प्रोफिट बुकिङ्गको सम्भावना

लघुवित्तको स्टकास्टिक आरएसआई तीव्र गतिमा बढेर ओभरबट जोन नजिक पुगेको छ। यसले बजारमा खरिदको चाप निकै आक्रमक रहेको तर ओभरबट जोन नजिक पुगेकोले केही दिनमा सानो प्रोफिट बुकिङ्ग हुनसक्ने संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआईले हालसम्म लघुवित्तको शेयरमूल्यमा ६ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ५ सिग्नल सफल भएका छन् भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले लघुवित्तको शेयरमा कुनै सिग्नल दिएको छैन।

वित्तीय अवस्था

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४८.११ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ५ लाख रुपैयाँबाट बढेर २१ करोड ४५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५ करोड १० लाख रुपैयाँबाट बढेर ६ करोड २४ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको ८ करोड ५१ लाख रुपैयाँ रहेको छ।

१५ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९६ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ५९ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.५ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ७.६६ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको १५ लाख ३४ हजार ४५५.०९ कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य १ हजार ६३३ रुपैयाँ १२ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य २ हजार २६ रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ४४५ रुपैयाँ रहेको छ। साताको अन्तिम मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण २ अर्ब ५३ करोड ३५ लाख ३८ हजार ७९९ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर ४१ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४१ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १६ हजार २३६ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४५ ले लघुवित्तको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको ६ हजार २९६ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु लघुवित्तको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ। यद्यपि, यो मिटर विस्तारै न्यूट्रल जोनतर्फ बढिरहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।