पुँजी बजार सुधारका लागि बाेर्डले थाल्याे पहल

Jul 09, 2026 04:53 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि विशेष पहल सुरु गरेको छ।

बोर्डले बजारको सुधार र विकासका लागि आगामी साताभित्रै समयवद्ध कार्ययोजना सहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने भएको छ।

बोर्डले विज्ञप्ति जारी गर्दै बोर्डले हाल बजारमा देखिएका समस्या र लगानीकर्ताका गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले तयार पार्न लागेको नयाँ मार्गचित्रलाई तत्कालै कार्यान्वयनमा लगिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन बोर्डले विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन कार्य सुरु गरिसकेकोउल्लेख छ। साथै, धितोपत्र व्यवसायीहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका निर्देशनहरू तोकिएको समयमै सम्पादन गर्न समेत बोर्डले निर्देशन दिएको छ।

बोर्डले लगानीकर्ताहरूलाई कुनै पनि हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न विशेष अनुरोध गरेको छ। “आफ्नो अध्ययन र विश्लेषणमा आधारित रही, जोखिम वहन क्षमतालाई समेत ध्यान दिएर सुझबुझपूर्ण ढंगले लगानी सम्बन्धी निर्णय लिनुहुन अनुरोध गरिन्छ,” बोडले बताएको छ ।

लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिँदै बोर्डले बजारको नियमन व्यवस्थालाई अझ व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई अगाडि बढाइरहेको जनाएको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ