विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेर पुग्याे साढे ३७ खर्ब, १९ महिनाभन्दा बढीको आयात धान्न पर्याप्त

Jul 13, 2026 06:27 PM Merolagani



मुलुकको बाह्य क्षेत्र बलियो बन्दै जाँदा कुल विदेशी विनिमय (वैदेशिक मुद्रा) सञ्चितिमा उल्लेखनीय सुधार आएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को एघार महिनाको वित्तीय प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा रु. २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा  ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ

अमेरिकी डलरमा पनि यस्तो सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोडको तुलनामा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.९ प्रतिशतले बढेर रु. ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको सञ्चिति ६१.८ प्रतिशतले बढेर रु. ४२५ अर्ब ५७ करोड कायम भएको छ। यस कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ

आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयात ट्रेन्डलाई आधार मान्दा अहिलेको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको असारमा ४३.८ प्रतिशत मात्र थियो

यसै अवधिमा चालु खाता रु. ८०२ अर्ब ६ करोड र शोधनान्तर स्थिति रु. ९२६ अर्ब ६ करोडले बचतमा रहनुका साथै रेमिट्यान्स प्रवाहमा भएको ३८.२ प्रतिशतको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चितिलाई ऐतिहासिक उचाइमा पुर्‍याउन मुख्य योगदान गरेको देखिन्छ




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।