नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुन तोलामा दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रम जारी छ ।
त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलामा चार हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो।
