जलविद्युत् आयोजनामा लगानी जुटाउन ‘ग्रीन बण्ड’ जारी गरिने

Jul 15, 2026 01:40 PM Merolagani



सरकारले नवीकरणीय ऊर्जा र जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न प्रोत्साहन गर्ने भएको छ ।

हालै नेपाल धितोपत्र बोर्ड(सेबाेन)ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८/३८४ को पुँजी बजार नीतिमा सो कुरा उल्लेख गरिएको हो ।

नविकरणीय ऊर्जा र जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी पूँजी बजारका माध्यमबाट परिचालन गर्ने नीति लिइएको हाे । त्यसका लागि ‘ग्रीन बण्ड’ र अन्य वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उक्त नीतिमा उल्लेख छ ।

त्यस्तै सरकारले नीतिमार्फत नै लगानीकर्ताहरूलाई लगानीको विविधीकरण गर्न र जलविद्युत् क्षेत्रमा सामूहिक लगानीको अवसर दिने जनाएको छ । त्यसका लागि एक्सचेन्ज ट्रेडेड फण्ड सञ्चालनमा ल्याउने योजना नीतिमा समावेश गरिएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।