समीक्षा अवधिमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको (६६ करोड ९७ लाख रुपैयाँ) तुलनामा ३३.५१ प्रतिशतले बढी हो। बैंकको व्यवसाय विस्तार र इम्पेरमेन्ट चार्जमामा आएको गिरावटले नाफा वृद्धिमा मुख्य भूमिका खेलेको देखिन्छ।
खुद ब्याज आम्दानीः अघिल्लो आर्थिक वर्ष २ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा बैंकको खुद ब्याज आम्दानी, गत वर्ष वृद्धि भई २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानीः अघिल्लो वर्ष २ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन नाफाः बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
बढ्दो निष्क्रिय कर्जाः बैंकको नाफा र वित्तीय अवस्था मजबुत देखिए पनि निष्क्रिय कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ३.७७ प्रतिशत पुगेको छ। अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा असुलीमा केही समस्या परेको बैंकको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ।
