यी ९ राजमार्ग अवरुद्ध छन्, बुझेर मात्र यात्रा गर्न अनुराेध

Jul 20, 2026 03:20 PM Merolagani



अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका नौवटा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा ठप्प भएको छ।

अवरुद्ध भएका प्रमुख राजमार्गहरुः

१. मेची राजमार्गः पहिरोका कारण इलाम (राजदुवाली)

२. मेची राजमार्गः पाँचथर (खोबरे खोला) खण्ड पूर्ण रूपमा अवरुद्ध छ।

३. पृथ्वी राजमार्गः चितवनको फिस्लिङ

४.पृथ्वी राजमार्गः धादिङको जवाङखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।

५. अरनिको राजमार्गः सिन्धुपाल्चोकको जुरीखोला र कोदारीमा पहिरोले सडक ठप्प पारेको छ।

६ .मध्यपहाडी लोकमार्गः खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड पूर्ण रूपमा बन्द छ भने
७. मध्यपहाडी लोकमार्गः भोजपुरको बोखिम खण्डमा एकतर्फी मात्र सवारी चलिरहेका छन्।

८. बीपी राजमार्ग र कान्ति लोकपथः सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि यी सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

९. पासाङल्हामु राजमार्गः रसुवाको बोकेझुण्डामा सडक एकतर्फी मात्र सञ्चालनमा छ।

नेपाल प्रहरीले वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम कायमै रहेको जनाएको छ। जोखिमपूर्ण यात्राबाट बच्न र यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।