सोमबार नेप्से परिसूचक ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ६७ हजार १५५ पटकको कारोबारमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँबराबरको १ करोड २२ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिज लाइन इनर्जीको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.८६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहकाे परिसूचक भने सामान्य अंक घटेकाे छ।