थला परेको' गार्मेन्ट उद्योग उकास्न प्रधानमन्त्री शाहको अग्रसरता: निर्यात र रोजगारीको एजेन्डासहित आज निर्णायक छलफल

Jul 21, 2026 10:58 AM Merolagani



नेपालको प्रमुख निर्यातजन्य क्षेत्रका रूपमा रहेको तयारी पोशाक (गार्मेन्ट) उद्योगले भोगिरहेका संकट समाधान र निर्यात प्रवर्द्धनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले विशेष चासो देखाएका छन् । 

पछिल्लो समय निजी क्षेत्रका समस्या सुन्न र समाधानका लागि नीतिगत हस्तक्षेप गर्न सक्रिय देखिएका प्रधानमन्त्री शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने उक्त भेटवार्तामा उद्योगको वर्तमान अवस्था, उत्पादन क्षमतामा देखिएका ह्रास र निर्यातका अवरोध हटाउने विषयमा केन्द्रित रहेर संवाद हुनेछ ।

निर्णायक वार्ताका लागि टोली बालुवाटारमा

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेको नेतृत्वमा एक उच्चस्तरीय टोली सहभागी हुँदै छ । टोलीमा प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा रहेका छन् । व्यवसायीहरूले उद्योग टिकाउनै गाह्रो भइरहेको अवस्थामा राज्यले लिनुपर्ने नीतिगत स्पष्टता र सहुलियतका विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्ने तयारी गरेका छन् ।

मुख्य एजेन्डा: निर्यात र रोजगारी

नेपालको वैदेशिक मुद्रा आर्जनको बलियो स्रोत मानिएको तयारी पोशाक उद्योग पछिल्ला वर्षहरूमा बढ्दो उत्पादन लागत र अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रतिस्पर्धाका कारण दबाबमा छ । आजको छलफल विशेषगरी निम्न बुँदामा केन्द्रित रहनेछ:

१. तयारी पोशाकको निर्यातमा देखिएका नीतिगत र व्यावहारिक झन्झट ।

२. आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि राज्यको प्रोत्साहन ।

३. उद्योग क्षेत्रको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार र सहुलियत ।

एक्सनमा प्रधानमन्त्री

प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योगी र सरोकारवालासँग केवल औपचारिकताका लागि मात्र नभई, परिणाममुखी नतिजा निकाल्ने गरी संवाद गरिरहेका छन् । समस्या सुन्ने, समाधानका उपाय खोज्ने र तत्काल कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय वा निकायलाई निर्देशन दिने उनको कार्यशैलीले व्यवसायीहरूमा आशा जगाएको छ ।

आजको भेटले निर्यातमुखी उद्योगहरूका लागि नयाँ मार्गचित्र तय गर्ने र सुस्ताएको गार्मेन्ट क्षेत्रलाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।