जलेको सेताे कारभित्र मृत अवस्थामा भेटिए एक पुरुष

Jul 21, 2026 01:09 PM Merolagani



कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । बा ५ च ३०३८ नम्बरको सेतो कार जलेको अवस्थामा फेला परेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको प्रहरीकाे भनाइ छ । कीर्तिपुरको चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा कार जलेको हाे।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।