जग्गाकाे मूल्य १० प्रतिशतसम्मले वृद्धि, प्रतिआना ७६ लाख पर्ने जग्गा कहाँकाे ?

Jul 22, 2026 06:19 PM Merolagani



सरकारले देशैभरिका जग्गाको मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेकाे छ । मालपोत कार्यालयले चालु आर्थिक वर्षका लागि मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेका छन् ।

काठमाडौं डिल्लिबजार मालपोत कार्यालयले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले मूल्यांकन बढाएको जनाएको छ । सो अनुसार केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ कायम गरेको छ ।

भक्तपुर जिल्लाका मालपोत कार्यालयहरूले भने गत आर्थिक वर्षको तुलनामा जग्गाको मूल्यांकनमा कुनै परिवर्तन नगरेको जनाएका छन् ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।