साेमबारलाई जुर्यो नागढुंगा सुरुङमार्ग उद्घाटनको मिति, गाडी गुड्याउन भने साउनको अन्तिम सातासम्म पर्खनु पर्ने

Jul 24, 2026 01:29 PM Merolagani



सरकारले साउन ११ गते सोमबारदेखि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने भएको छ ।

लगभग सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले साउन ११ गते उद्घाटन गर्न लागिएको सडक विभागले जनाएको छ ।

‘हामीले साउन ११ गतेबाट सुरुङमार्ग सञ्चालन गर्न लागेको छौं । त्यही दिन विधिवत उद्घाटन हुन्छ,’ विभागका प्रवक्ता शुभराज न्यौपानेले भने ।

उनका अनुसार, सुरुङमार्गको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित जापान सहयोग नियोग(जाइका)का प्रतिनिधि, जापनीज राजदूत लगायतको संयुक्त उपस्थितिमा उद्घाटन गरिनेछ । उद्घाटन भए पनि त्यस लगत्तै सर्वसाधारणले सुरुङमार्गबाट गाडी गुडाउन भने पाउने छैनन् ।

‘उद्घाटन गरेपछि त्यसको टेस्ट ड्राइभ र परिक्षण हुन्छ । साउनको अन्तिमदेखि सर्वसाधारणले समेत सुरुङमार्ग हुँदै यात्रा गर्न पाउनुहुन्छ,’ उनले भने ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।