अनलाइनबाट ठगी गरेकाे अभियोगमा दुई जना पक्राउ

Jul 26, 2026 01:57 PM Merolagani



अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक, महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित घर भाडामा लिएर भारतीय नागरिकसहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका विभिन्न देशमा घुम्न लैजाने भन्दै अनलाइन ठगी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामको संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत परिचालन गरेर अनलाइन माध्यम तथा फोनमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्ने गरेको खुलेको छ।

उनीहरूले ‘तीन रात चार दिनको छुट्टी भ्रमण कुपन भर्नुहोस् र जित्नुहोस्, दर्ता गर्नुहोस् र जित्नुहोस्, निश्चित उपहार’ लेखिएको कुपन भर्न लगाएर रकम उठाउने गरेको प्रहरीले जनाएको छ।

हालसम्म ३० जना व्यक्तिलाई एसिया र युरोप महादेशका विभिन्न देशमा भ्रमण गराउने प्रलोभनमा पारी कुपन भर्न लगाएर नौ लाख ६५ हजार रुपैयाँ ठगी गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, विभिन्न रजिस्टर तथा अभिलेख पुस्तिका आठ थान, कुपन रसिद छ थान, छाप चार थान तथा विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टीसमेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।