वैदेशिक व्यापार १७ खर्ब १८ अर्ब रुपैयाँ घाटामा रहँदा कुन कुन देशसँग भने अझै छ नेपालकाे फाइदाको व्यापार

Jul 26, 2026 04:35 PM Merolagani



नेपालको वैदेशिक व्यापार गहिरो घाटामा गुज्रिरहेको बेला केही देशहरूसँगको व्यापारमा भने नेपालले उल्लेख्य फाइदा कमाइरहेको छ। भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबर पुगेको छ। 

कुल व्यापारमा आयतको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत रहेको छ। यस अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ। यसले गर्दा नेपालले एकै वर्षमा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भारी वैदेशिक व्यापार घाटा व्यहोरेको छ।

नेपालले विश्वका १ सय ६३ वटा देशहरुबाट सामान आयात गर्ने गरेकोमा १ सय २९ वटा देशसँग भने व्यापार घाटा रहेको छ । अधिकांश व्यापारिक साझेदार मुलुकहरूसँग नेपाल घाटामा रहे पनि कुल ३४ वटा देशहरूसँग भने नेपालको व्यापार नाफा अर्थात फाइदामा रहेको छ। नेपालले सबैभन्दा बढी व्यापार फाइदा युरोपेली मुलुक डेनमार्कबाट हासिल गरेको छ। समीक्षा वर्षमा डेनमार्कमा १ अर्ब २ करोड ८ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएकोमा त्यहाँबाट २१ करोड ६२ लाख रुपैयाँको मात्र आयात भएको छ। यसबाट नेपालले डेनमार्कसँग ८० करोड ४५ लाख रुपैयाँ बराबरको खुद व्यापार नाफा कमाएको छ।

त्यस्तै दोस्रो बढी व्यापार नाफा हुने मुलुकमा नर्वे रहेको छ। नर्वेतर्फ २१ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात हुँदा १२ करोड ९८ लाख रुपैयाँको आयात भएको छ, जसबाट नेपाललाई ८ करोड ८० लाख रुपैयाँ फाइदा भएको छ। तेस्रो स्थानमा रहेको अमेरिकन सामोआमा नेपालले ४ करोड ४६ लाख रुपैयाँको निर्यात गरेको छ भने आयात करिब नगण्य मात्रामा मात्र भएको छ, जसले गर्दा ४ करोड ४६ लाख रुपैयाँ नै व्यापार नाफा कायम भएको छ।

युरोपेली देश रोमानियासँग पनि नेपालको व्यापार फाइदाजनक देखिएको छ। रोमानियातर्फ ८ करोड ८१ लाख रुपैयाँको निर्यात र ४ करोड ५८ लाख रुपैयाँको आयात भई नेपालले ४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी आइसल्यान्डसँग २ करोड ६० लाख रुपैयाँ, सेशेल्ससँग १ करोड ९० लाख रुपैयाँ, नाइजरसँग १ करोड ७३ लाख रुपैयाँ, माल्दिभ्ससँग १ करोड ६४ लाख रुपैयाँ, इराकसँग १ करोड ५६ लाख रुपैयाँ, न्यु क्यालेडोनियासँग १ करोड ५३ लाख रुपैयाँ, ग्रेनाडासँग १ करोड ४३ लाख रुपैयाँ र केम्यान टापुसँग १ करोड ४० लाख रुपैयाँ खुद व्यापार फाइदा भएको तथ्याङ्कले देखाउँछ।

कुल ३४ वटा देशहरूसँग व्यापार नाफामा रहेकाे जुन यसप्ररकार  छ:

क्र.सं.देशको नामव्यापार नाफा
डेनमार्क ८०.४५ करोड
नर्वे ८.८० करोड
अमेरिकन सामोआ ४.४७ करोड
रोमानिया ४.२३ करोड
आइसल्यान्ड २.६१ करोड
सेशेल्स १.९१ करोड
नाइजर १.७३ करोड
माल्दिभ्स १.६५ करोड
इराक १.५६ करोड
१० न्यु क्यालेडोनिया १.५४ करोड
११ ग्रेनाडा १.४३ करोड
१२ केम्यान टापु १.४१ करोड
१३ फिजी ९२.२१ लाख
१४ येमेन ७५.५० लाख
१५ जोर्जिया ६५.५७ लाख
१६ कोलम्बिया ६३.७६ लाख
१७ मौरिसस ५३.४८ लाख
१८ माली ३७.९५ लाख
१९ साइप्रस २७.७६ लाख
२० क्रोएसिया २४.४९ लाख
२१ घाना २१.६५ लाख
२२ कङ्गो १८.०७ लाख
२३ बहामास ८.८५ लाख
२४ जमैका ८.४९ लाख
२५ बार्बाडोस ७.१२ लाख
२६ इक्वेडर ६.३६ लाख
२७ लेबनान ६.१४ लाख
२८ टर्क्स एन्ड केकोस टापु ५.८५ लाख
२९ जाम्बिया ४.०४ लाख
३० सिरिया ३.४९ लाख
३१ पानामा ३.३६ लाख
३२ अङ्गोला २.८८ लाख
३३ एन्टिगुवा एन्ड बार्बुडा २.३५ लाख
३४ किर्गिस्तान १.४३ लाख
कुल जम्मा  १ अर्ब १७ करोड १९ लाख

यी बाहेक अन्य २२ वटा देशहरूसँग पनि नेपालको व्यापार १ करोड रुपैयाँभन्दा कम भए पनि नाफामा नै सीमित रहेको छ। जसमा फिजीसँग ९२ लाख रुपैयाँ, येमेनसँग ७५ लाख रुपैयाँ, जोर्जियासँग ६५ लाख रुपैयाँ, कोलम्बियासँग ६३ लाख रुपैयाँ, मौरिसससँग ५३ लाख रुपैयाँ र मालीसँग ३७ लाख रुपैयाँ व्यापार नाफा भएको छ। त्यसैगरी साइप्रससँग २७ लाख रुपैयाँ, क्रोएसियासँग २४ लाख रुपैयाँ, घानासँग २१ लाख रुपैयाँ, कङ्गोसँग १८ लाख रुपैयाँ, बहामाससँग ८ लाख ८५ हजार रुपैयाँ, जमैकासँग ८ लाख ४९ हजार रुपैयाँ, बार्बाडोससँग ७ लाख १२ हजार रुपैयाँ, इक्वेडरसँग ६ लाख ३५ हजार रुपैयाँ, लेबनानसँग ६ लाख १३ हजार रुपैयाँ र टक्र्स एन्ड केकोस टापुसँग ५ लाख ८४ हजार रुपैयाँ फाइदाको व्यापार भएको छ।

साथै जाम्बियासँग ४ लाख ४ हजार रुपैयाँ, सिरियासँग ३ लाख ४८ हजार रुपैयाँ, पानामासँग ३ लाख ३६ हजार रुपैयाँ, अङ्गोलासँग २ लाख ८८ हजार रुपैयाँ, एन्टिगुवा एन्ड बार्बुडासँग २ लाख ३४ हजार रुपैयाँ र किर्गिस्तानसँग १ लाख ४३ हजार रुपैयाँ बराबरको खुद व्यापार फाइदा नेपालले हासिल गरेको छ। ठूला व्यापारिक साझेदारहरूसँग ठूलो घाटा व्यहोरिरहेको अवस्थामा यी ३४ देशहरूसँगको व्यापारले भने नेपालको निर्यात प्रवर्द्धनमा साना तर सकारात्मक सम्भावनाहरू देखाएका छन्।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।