हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ:प्रधानमन्त्री बालेन

Aug 01, 2026 06:15 PM merolagani



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति उनले हार्दिक समवेदना व्यक्त गरेका छन् ।

 

शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् । “निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उनले भनेका छन् ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा पुर्जासहित ६ नेपाली तथा अरू चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।