सोमबार बिहान करिब ४ बजेदेखि नै प्रहरीले विराटनगरको गोल्छाचोकदेखि गोल्छा आँखा अस्पतालसम्मको पण्डित मेघराज शर्मा मार्गलाई सुरक्षा घेरामा राखेर मुन्दडाको निवास देवेनारा भवन र सोही भवनमा सञ्चालित जेजे ज्वेलर्समा खानतलासी गरेको थियो । लामो समयसम्म चलेको उक्त सर्च अपरेशनका क्रममा शंकास्पद केही पनि फेला नपरेपछि टोली फिर्ता भएको छ । कानूनी प्रक्रिया पूरा गरेर खानतलासी गरिएको जानकारी दिँदै अनुसन्धानका क्रममा कुनै गैरकानुनी वस्तु फेला नपरेको प्रहरीले जनाएकाे छ ।
यो कारबाही केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान वा राजस्व अनुसन्धान कुन निकायको समन्वयमा भएको हो भन्नेबारे अन्योल सिर्जना भएको छ । तर, खानतलासीपछि केही पनि फेला नपरेको प्रहरीको स्पष्टीकरणसँगै स्थिति सामान्य बनेको छ ।