एलपीजी ग्यासको आपूर्ति सहज बनाउन 'क्विक रेस्पोन्स टिम' सक्रिय, समस्या परे हटलाइनमा फोन गर्न निगमको आग्रह

Aug 05, 2026 03:24 PM Merolagani



देशभर एलपीजी ग्यासको आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ (Quick Response Team) गठन गरेको छ।

निगमका अनुसार उक्त टिमले आजैदेखि औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ। पछिल्लो समय बजारमा ग्यास नपाएको र वितरणमा समस्या देखिएको गुनासो बढेपछि निगमले उद्योग मन्त्रालय र ग्यास व्यवसायीहरूसँगको समन्वयमा यो विशेष संयन्त्र तयार पारेको हो।

पाँच सदस्यीय कार्यदल

ग्यास आपूर्तिमा आउने अवरोध हटाउन र समन्वय गर्न गठित क्विक रेस्पोन्स टिममा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्:

  • मङ्गल बिष्ट: उद्योग मन्त्रालय

  • इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी: नेपाल आयल निगम

  • आयुस नेपाल र कुलप्रसाद राई: ग्यास उद्योगीका तर्फबाट

समस्या परे सिधै हटलाइनमा सम्पर्क

उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी कुनै पनि समस्या, अभाव वा गुनासो भएमा कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सिधै सम्पर्क गर्न सक्नेछन्। हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा यो टिमले सम्बन्धित ग्यास उद्योग, डिलर तथा व्यवसायीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नेछ।

मुख्य उद्देश्य

देशको जुनसुकै स्थानमा ग्यासको अभाव देखिएमा यो संयन्त्रले तत्काल समाधान खोज्नेछ। "हाम्रो मुख्य उद्देश्य उपभोक्तासम्म ग्यासको पहुँच सहज बनाउनु हो," निगमले भनेको छ, "कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल आपूर्ति सुनिश्चित गरिनेछ।"

उद्योग मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीहरूको संयुक्त प्रयासमा बनेको यो टिमले बजारमा हुनसक्ने कृत्रिम अभाव र वितरणको ढिलासुस्तीलाई कम गर्ने अपेक्षा गरिएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।