नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

Aug 06, 2026 03:29 PM Merolagani



सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको नेतृत्व सुम्पने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार, साह खुला प्रतिस्पर्धाका आधारमा यस गरिमामय पदका लागि चयन हुनुभएको हो। निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले साउन १७ गते साहसहित तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा प्युठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम रहे पनि सरकारले साहलाई नियुक्त गरेको हो।

को हुन् नागेन्द्र साह?
धनुषाको नगराइन नगरपालिका–३ स्थायी ठेगाना भएका नागेन्द्र साह पेसाले चार्टर्ड एकाउन्टेन्ट (CA) हुन्। उनी आयल निगमको कार्यप्रणाली र व्यवस्थापनमा अनुभवी मानिन्छन्। यसअघि पनि उनले निगमको निमित्त कार्यकारी निर्देशकको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

खुला प्रतिस्पर्धाबाट छानिएका साहको नियुक्तिसँगै निगमको प्रशासनिक र व्यावसायिक सुधारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। मन्त्रालयले उनलाई छिट्टै कार्यभार सम्हाल्न पत्र दिने तयारी गरेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।