रोयल इन्फिल्ड हिमालयन ४४० चाँडै सार्वजनिक हुँदै, यस्ता छन् विशेषता र अपेक्षित मूल्य

Aug 09, 2026 02:29 PM Merolagani



रोयल इन्फिल्डको बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल हिमालयन ४४० भारतीय बजारमा छिट्टै नै सार्वजनिक हुने तयारीमा छ।

आधिकारिक मिति घोषणा हुन बाँकी भए पनि यो बाइक सन् २०२६ को सेप्टेम्बरसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ। यो नयाँ मोटरसाइकल रोयल इन्फिल्डको पोर्टफोलियोमा ‘स्क्रयाम ४४०’ र हिमालयन ४५० को बीचमा रहनेछ।

 

इन्जिन र प्रदर्शन

हिमालयन ४४० मा स्क्रयाम ४४० बाटै साभार गरिएको ४४३ सीसीको सिंगल-सिलिन्डर, एयर र आयल-कुल्ड इन्जिन प्रयोग गरिनेछ। ६–स्पिड गियरबक्ससँग जोडिएको यो इन्जिनले २५.४ पीएसको अधिकतम पावर र ३४ एनएमको टर्क पैदा गर्छ। यो बाइक विशेषगरी बलियो ‘लो–इन्ड टर्क’ का लागि परिचित हुने अनुमान छ।

डिजाइन र मेकानिकल विशेषताहरू

यस बाइकमा सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक दिइने सम्भावना छ। सुरक्षाका लागि दुवै चक्कामा डिस्क ब्रेक र स्विच गर्न मिल्ने डुअल–च्यानल एबीएस उपलब्ध हुनेछ।

बाइकमा २१ इन्चको अगाडिको पाङ्ग्रा र १७ इन्चको पछाडिको पाङ्ग्रा रहनेछ। फिचर्सको कुरा गर्दा, यसमा हिमालयन ४५० मा जस्तै टीएफटी कन्सोल हुनसक्छ, जसले टर्न–बाई–टर्न नेभिगेसन र म्याप मिररिङ सपोर्ट गर्नेछ।

मूल्य र लक्षित ग्राहक

हिमालयन ४४० को अनुमानित मूल्य भारु २.५ लाख (एक्स–शोरूम) को आसपास रहने अपेक्षा गरिएको छ। यो हिमालयन ४५० को तुलनामा सस्तो विकल्पका रूपमा आउनेछ। कम इलेक्ट्रोनिक फिचर्स, क्लासिक लुक र अफ–रोडिङका लागि बलियो क्षमता चाहने राइडरहरूका लागि यो बाइक उत्कृष्ट हुनसक्छ।

हिमालयन ७५० पनि आउँदै

यसैबीच, रोयल इन्फिल्डले ७५० सीसीको शक्तिशाली ‘हिमालयन ७५० पनि परीक्षण गरिरहेको छ। यो बाइक सन् २०२६ को अन्त्यतिर आयोजना हुने EICMA  मा सार्वजनिक हुन सक्छ। यसमा ७५० सीसीको प्यारालल-ट्विन इन्जिन हुनेछ, जसले ५५ पीएस पावर र ६० एनएम टर्क दिनेछ। यसमा क्रुज कन्ट्रोल, मल्टिपल राइडिङ मोड र स्मार्टफोन कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू रहनेछन्।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।