
भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो मित्रता, विकास साझेदारी तथा पारस्परिक सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो। सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ तथा मजबुत बनाउन भारत सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
जवाफमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए। उनले नेपालको विकासमा भारतको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।
यस भेटले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ। भेटमा दुवै पक्षबाट आपसी सहयोगका क्षेत्रहरूलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त भयो।