नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता रहनेछ।
एक्स्पोका मुख्य आकर्षणहरू:
-
विद्युतीय सवारीसाधन (EVs): एक्स्पोमा मुख्य गरी विभिन्न ब्रान्डका पछिल्ला मोडलका ई-कार, ई-स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
-
नयाँ मोडलहरूको सार्वजनिक: नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनका आधुनिक प्रविधिहरूलाई सोही मञ्चमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी गरिएको छ।
-
बैंक तथा वित्तीय संस्थाको उपस्थिति: सवारीसाधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले विशेष अफर र सहुलियत दरमा कर्जा योजनाहरू उपलब्ध गराउनेछन्।
-
अटो कम्पोनेन्ट्स र एक्स्ट्राज: अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि तथा एक्सेसरिजका स्टलहरू समेत प्रदर्शनीमा समावेश छन्।
नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने र उपभोक्तालाई एकै थलोमा धेरै विकल्प उपलब्ध गराउने आयोजकले विश्वास लिएको छ। एक्स्पो अवलोकनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको छ।