क्यान महासंघले सुरु गर्‍यो ‘एआई फर नेपाल २०२६’, विद्यार्थीलाई एआई तालिम

Aug 18, 2026 12:51 PM Merolagani



क्यान महासंघ सुदूरपश्चिम प्रदेशले न‌. २ तहका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको छ ।

महर्षि कलेजको सहकार्यमा सञ्चालन हुने एकदिने तालिममा एआईको आधारभूत ज्ञान, जेनेरेटिभ एआई, विभिन्न एआई उपकरणको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, वास्तविक जीवनका समस्या समाधान तथा एआईको सुरक्षित र नैतिक प्रयोगबारे प्रशिक्षण दिइनेछ ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको पहल तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धीरेन बोगटीको नेतृत्वमा सुरु भएको अभियानले नेपालभर एआईसम्बन्धी शिक्षा, अनुसन्धान र नवप्रवर्तन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

तालिममा विद्यार्थीलाई शैक्षिक तथा व्यावहारिक काममा एआईको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, एआई उपकरणको उपयोग र त्यसबाट प्राप्त परिणामको आलोचनात्मक मूल्याङ्कन गर्ने सीप सिकाइनेछ । साथै एआईसँग सम्बन्धित सम्भावित करियर, उत्पादकत्व र सिर्जनात्मकता बढाउन प्रविधिको प्रयोगबारे समेत जानकारी दिइने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधिका निष्क्रिय प्रयोगकर्ताबाट डिजिटल सिर्जनाकर्ता, समस्या समाधानकर्ता तथा नवप्रवर्तकका रूपमा विकास गर्नु हो ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।