नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्थाका बारेमा बोल्यो राष्ट्र बैंक

Aug 13, 2026 05:17 PM Merolagani



नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

केन्द्रीय बैंकले उक्त बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा आफूले नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएको छ। विद्यमान कानूनी व्यवस्थाको सन्दर्भमा आवश्यक राय र सुझाव लिई यस विषयमा थप छलफल भइरहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ।

बैंकको नेतृत्वमाथि कानूनी मुद्दा चले पनि बैंकको वित्तीय अवस्था भने मजबुत रहेको राष्ट्र बैंकको ठहर छ। बैंकको हालको तरलताको अवस्था लगायत वित्तीय सबलताका अन्य परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेका उल्लेख गरेको छ। यसले गर्दा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको अवरोध वा जटिलता उत्पन्न हुने अवस्था नरहेको भन्दै केन्द्रीय बैंकले सर्वसाधारण र सरोकारवालाहरूलाई आश्वस्त पारेको छ।

हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले राष्ट्र बैंकले मुद्दाको प्रकृति, गम्भीरता र समयावधिका आधारमा थप कानूनी राय लिने प्रक्रिया अगाडि बढाएको छ। बैंक सञ्चालनको दैनिक अवस्थालाई मध्यनजर गर्दै सञ्चालक समिति र उच्च व्यवस्थापनका सम्बन्धमा कानून बमोजिम आवश्यक उपायहरू अवलम्बन गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकको स्थायित्व र संस्थागत सुशासन कायम राख्न केन्द्रीय बैंकले आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।