प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुले गर्यो प्रतिफल घोषणा

Aug 24, 2026 10:00 AM Merolagani



प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्ड (PRSF) ले १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्। भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।