बीमासम्बन्धी भ्रमपूर्ण प्रचारप्रसार नगर्न अभिकर्तालाई बीमा प्राधिकरणकाे कडा चेतावनी

Aug 24, 2026 03:17 PM Merolagani



बीमा सम्बन्धी भ्रमपूर्ण तथा अतिरञ्जित प्रचारप्रसार गर्ने इजाजतपत्र प्राप्त अभिकर्ता तथा मध्यस्थकर्ताहरूलाई नेपाल बीमा प्राधिकरणले त्यस्ता गतिविधि तत्काल बन्द गर्न कडा निर्देशन दिएको छ।

विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पार्ने गरी गलत र भ्रामक प्रचारप्रसार भइरहेको गुनासो आएपछि प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले उक्त चेतावनी जारी गरेको हो। बीमा ऐन, २०७९ तथा आचारसंहिता विपरित हुने गरी कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित र अनधिकृत प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।