इस्टर्न हाइड्रोपावरले विद्युत नियमन आयोगबाट पायो १:०.८७१ अनुपातमा हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

Aug 26, 2026 11:31 AM Merolagani



इस्टर्न हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।आयोगले इस्टर्न हाइड्रोपावरलाई सोमबार १:०.८७१ अनुपातमा हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिएकाे हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ६२ करोड रुपैयाँको  १:०.८७१ अनुपातमा अर्थात ५४ करोड ९ हजार २ सय ७४ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन थालेकाे छ । अब नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि शेयरधनीलाई हकप्रद शेयर बिक्री खुला हुनेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।