बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा क्षति पुग्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई उपत्यकाभित्रै रोकेको छ।
बाढीका कारण यात्रा असुरक्षित बनेकाले सावधानीस्वरूप सवारी आवागमनमा कडाइ गरिएको प्रहरीको भनाइ छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल अगाडि नबढ्न आग्रह गरिएको जनाएको छ । जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ।