नेपाल टेलिकमका अनुसार रसुवामा दुई र नुवाकोटमा पाँचवटा टावरमा क्षति पुगेको छ। गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा समेत समस्या देखिएको छ।
विद्युत आपूर्ति अवरुद्ध हुँदा नेटवर्क सञ्चालनमा थप समस्या भएको टेलिकमले जनाएको छ। सेवा सुचारु राख्न प्राविधिक टोली खटिएको र वैकल्पिक प्रविधिको प्रयोगमार्फत नेटवर्क सञ्चालन गर्ने प्रयास भइरहेको छ।
नेपाल टेलिकमले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई एसएमएसमार्फत सतर्क रहनसमेत आग्रह गरेको छ।