त्रिशूलीको जलसतह खतराको तह पार, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Aug 26, 2026 12:22 PM Merolagani



रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर अब तल्लो तटीय क्षेत्रसम्म देखिन थालेको छ। बाढीका कारण त्रिशूली नदीको जलसतह तीव्र रूपमा बढ्दै मलेखुस्थित फुर्के जलमापन केन्द्रमा खतराको तह पार गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकाले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीको बहाव बढ्दै गएपछि तटीय क्षेत्र र डुबानको जोखिम रहेका स्थानमा थप क्षति हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले भदौ १० गते बिहान ११ः४३ बजे चेतावनी जारी गर्दै रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली नदीमा परेको जनाएको हो।

जोखिमयुक्त क्षेत्रका नागरिकलाई नदी किनार र आसपासका स्थानमा नजान तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले दिएका सूचना तथा निर्देशनलाई पालना गर्न पनि महाशाखाले अनुरोध गरेको छ।

त्रिशूलीको जलसतह निरन्तर निगरानीमा राखिएको छ भने नदीको बहाव थप बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।